काठमाडौं–विनाशकारी भूकम्पले भत्काएको धरहरा पुननिर्माण सुरु हुन सकेको छैन । नेपाल टेलिकमले हात झिकेपछि पुननिर्माण अघि बढ्न नसकेको पुरातत्व विभागले जनाएको छ ।


ADVERTISEMENT


नक्सा डिजाइन गरेर पुननिर्माण प्राधिकरणलाई दिएको ६ महिना भइसके पनि काम सुरु हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।


ADVERTISEMENT

# # #


प्रवक्ता कुँवरले भने,

–हामीले काम सकेका छौंँ ।

–निर्माण गर्ने जिम्मा हाम्रो होइन, पुननिर्माण प्राधिकरणको हो ।

–मौलिकतामा असर नपर्ने गरी पुरानै स्वरुपमा धरहरा पुननिर्माण हुने छ ।

–धरहराको उचाइ २ सय ४५ फिट हुने छ ।–आजको अन्नपूर्ण पोस्टबाट