काठमाडौं–कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।


ADVERTISEMENT


पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा से २ प ७९८१ र से ५ प ४८०३ नम्बरको मोटरसाइकल बिहीबार ठोक्किँदा १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लम्कीले जनाएको छ । प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार मृतकको परिचय भने खुलेको छैन ।


ADVERTISEMENT

# # #


दुर्घटनामा घाइते ३ मध्ये २ को अवस्था गम्भीर छ । टीकापुरका नेत्र रावल र कञ्चनपुरका दीपक चौधरी गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार, उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

दुर्घटनाका अर्का घाइते आशाराम चौधरीको अवस्था भने सामान्य छ । प्रहरी निरीक्षक साउदले दिएको जानकारी अनुसार, लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।