काठमाडौं–वडाध्यक्षलाई अदालतले ३७ वर्ष कैद र जरिवाना फैसला गरेको छ । नुवाकोट कांग्रेसका नेता तथा दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले मानव बेचविखनको मुद्दामा ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको हो ।


ADVERTISEMENT


तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस ७ गते गाउँबाटै पक्राउ गरी हिरासतमा राखेको छ । उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विभिन्न मुद्दा दायर भएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीन जनालाई कैदका साथै जरिवाना गर्ने फैसला सुनाएको हो ।


ADVERTISEMENT

# # #


तामाङसहित स्थानीय सुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन तथा टीकाराम तामाङलाई ३० वर्ष कैदका साथै जनही दुई लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको नुवाकोट अदालतका श्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए । एउटै मुद्दाका आरोपी अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने विचाराधिन छ ।

मानव वेचविखन मुद्दामा जिल्ला अदालतबाट ठूलो कैद सजाय फैसला भएको यो पहिलो हो । मानव बेचबिखनजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तामाङलाई गत चैत्रमा कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो । घ्याङ्फेदीबाट हराएका सयौं स्थानीयसँग वडाध्यक्ष सुनबहादुर तामाङको नाम जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

सुनबहादुरका छोरा पनि यही मुद्दामा कारागारमा छन्। स्थानीयका अनुसार उनका दुई श्रीमतीसमेत हिन्दुस्तानमै छन् ।