काठमाडौँ – कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू लक्षित ह्याकाथन प्रतियोगिता आयोजना हुने भएको छ ।


ADVERTISEMENT


टेक गोर्खा डिजिटल सर्भिसेस र साइबर घरले‍ सहकार्यमा देशका चार ठूला शहरमा साइबर उत्सव २.० आयोजना हुन लागेको हो । उक्त ह्याकाथनमा विशेषगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूसहभागी हुन पाउने कार्यक्रमका प्रमुख संयोजक दीक्षान्त पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार भदौको ११ गतेदेखि १३ गतेसम्म इटहरीमा, पोखरामा १६ देखि १८ गते, चितवनमा २१ देखि २३ गतेसम्म र काठमाडौँमा २६ देखि २८ गतेसम्म ह्याकाथन आयोजना हुनेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले भने २९ भदौमा काठमाडौँमा हुनेछ । यी चारै शहरबाट प्रतिस्पर्धा जितेर आएका टोलीहरूले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

इटहरी, पोखरा र चितवनबाट फिनालेमा सहभागी हुन आउनेको खर्च भने आयोजकले व्यहोर्ने बताइएको छ ।

एक लाख पुरस्कार राशिको उक्त कार्यक्रममा सहभागी टिम मध्ये फिनालेका उत्कृष्ट तीन टोलीले पुरस्कार पाउने छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने उनले जानकारी दिए ।

इच्छुकहरूले दुई देखि चार जना सम्मको समूह बनाएर कार्यक्रममा आवेदन दिन सक्नेछन् । आफ्नो समूह दर्ता गर्न धधध।अथदभचगतकबख।अयm बाट वा यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ ।