नयाँदिल्ली– भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी यहाँका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी आज गुजरात राज्यको चांथो ठूलो सहर राजकोट प्रस्थान गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले भ्रमणको तेस्रो दिन आज त्यहाँस्थित सोमनाथ मन्दिर र अन्य क्षेत्रको अवलोकनका साथै गुजरात राज्यका मुख्यमन्त्री विजय रुपनीले उनको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागिता जनाउने कार्यक्रम छ । राष्ट्रपति भण्डारी बिहीबार उडिसा जाने छन् ।


ADVERTISEMENT

# # #