रुकुम–फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् ।


ADVERTISEMENT


सदरमुकाम मुसिकोट नगरपालिका–११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् ।


ADVERTISEMENT

# # #


दाङको पद्योदयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् ।

ओलीका अनुसार यस उपकरणले राइसकुकर मात्र नभइ सम्पूर्ण विद्युतीय उपकरण खोल्न र बन्द गर्न गर्न मिल्छ ।

दुई वर्षअघि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यो उपकरण बनाएको ओलीले बताए ।–आजको नयाँ पत्रिकाबाट