काठमाडौं–रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले रियलमा रहन सर्त अगाडि सारेका छन् । लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको उपाधि जितेका उनले गएको सिजनमा क्लबलाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।


ADVERTISEMENT


पटक पटक रोनाल्डोले क्लब छाड्न चाहेको समाचार बाहिर आएपछि उनले क्लब छाड्नेबारे एउटा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कर छली प्रकरणमा मुछिएपछि रूष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ बनाएको खबरमा बताइएको थियो । रोनाल्डो आफैंले भने यस विषयमा केही तर्क दिएका थिएनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय खबरका अनुसार रोनाल्डोले क्लबमा रहन रियल म्याड्रिड सामु एक सर्त राखेका छन् ।


ADVERTISEMENT

# # #


डेली मिररका अनुसार रोनाल्डोले क्लबसामू आफूले तिर्न बाँकी रहेको भनिएको १४.७ मिलियन युरो क्बलले तिर्न माग गरेका छन् । यसैबीच क्लबका प्रशिक्षक जिनेदिन जिदान, कप्तान सर्जियो रामोसले रोनाल्डोलाई रियलमा नै रहन आग्रह गरेका छन् ।

उता, रियल छाड्ने चर्चा भएपछि विभिन्न क्लबहरुले रोनाल्डोलाई भित्र्याउने तयारी गरेका छन् । समाचार अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) रियलका स्टार फरवार्डलाई भित्र्याउन १ सय ४० मिलियन युरो तिर्न तयार रहेको बताएको छ ।

क्लबले रोनाल्डोको एजेन्ट जर्ज मेन्डेससँगको कुराकानीमा रोनाल्डोले माग गर्ने वार्षिक ३० मिलियन युरो तलब पनि तिर्न तयार रहेको बताएको छ । उता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्राउने प्रयासमा रहेको बताइएको छ।