चितवन–चितवनका युवायुवतीको एक समुहले बलात्कारविरुद्ध र्याली निकालेका छन् । पछिल्लो समय देशमा बढ्दै गएको बलात्कारको घटना न्यूनिकरण गर्न तथा अपराधीलाई कडा कानुनी सजायको माग गर्दै उनीहरुले कार्यक्रम आयोजना गरेका हुन् ।


ADVERTISEMENT


शनिबार चितवनको चौबिसकोटी बाट सुरु भएको र्याली सहिदचोक हुँदै पुल्चोकमा गएर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य देशमा बलात्कारसम्बन्धि कडा र प्रभावकारी नियम बनाउनु पर्छ भन्ने रहेको सहभागी एक युवतीले बताइन् ।


ADVERTISEMENT

# # #


देशमा ८ वर्षीय बालिकादेखि धेरै किशोरीहरु बलात्कारको सिकार बन्न पुगेका छन् । यस्ता घटनालाई निर्मुल पार्न कार्यक्रम आयोजना गरिएको सहभागीहरुले बताए ।

कार्यक्रममा सहभागी रमेश सापकोटाले भने, ‘देशमा बलात्कार विरुद्ध प्रभावशाली नीति नियम नहुँदा दोषीहरु खुलेआम हिँड्ने गरेको र पीडितले आत्मा हत्याको विकल्प अपनाएको प्रशस्त उदाहरण छ्न । त्यसैले बलत्कारीलाई कडा सजायको व्यवस्था गरेर निर्दोष चेलीबेटीको जीवन जोगाउनु पर्छ ।’

कार्यक्रममा सरसफाइ अभियान्ता विरेन्द्र पौडेल, नवीन तिवारी, रेखा खत्री र अङ्किता गुरुङलगायतको सहभागिता थियो । कार्यक्रममा उठ जनता अति भो, चुप बस्दा क्षेति भो, महिला हिंसा बन्द गर, नेपालको कानुन संशोधन गर भन्नेजस्ता नारा लगाइएको थियो ।