काठमाडौं– मकवानपुरगढी गाउँपालिका–५ सिमलटारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जना ७३ वर्षीया वृद्धा घाइते भएकी छन्।
बिहान अन्दाजी ८ः३० बजे बासुदेव मार्ग हुँदै ज्यामिरे खोलाबाट हेटौंडातर्फ गइरहेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले बाटो क्रस गरिरहेकी सुकुमाया गोलेलाई ठक्कर दिएको हो।
दुर्घटनामा परि गोलेको टाउको र दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घाइते वृद्धाको अवस्था मध्यम रहेको र हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनलाई उनका छोरा सुकुलाल गोलेले उपचारका लागि अस्पताल पुर्याएका थिए।
दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।



























































