काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा कार्यरत प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा ‘सेमिनार अन कोशी लिडरशिप: इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स’ नामक नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ।


ADVERTISEMENT


सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेशराज पोखरेल, उप-प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगतिमाथि समिक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा विस्तृत छलफल गरिएको थियो। केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्न गहिरो अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।

यसअघि मधेश र बागमती प्रदेशमा पनि यस्तै खालको सेमिनार सम्पन्न भइसकेको छ भने बाँकी प्रदेशहरूमा पनि क्रमशः यस्ता कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ।

वित्तीय सूचकहरूमा दोहोरो अंकको वृद्धि

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप तथा खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ।

कर्जा प्रवाह ११.१५ प्रतिशतले वृद्धि भई कुल कर्जा १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको अन्त्यमा १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो।

निक्षेप संकलन ११.६९ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँमा पुगेको छ।

सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) ८१.९१ प्रतिशत कायम रहँदा, सम्पत्ति प्रतिफल दर (ROA) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत रहेको बैंकले जनाएको छ।

हालै मात्र सिटिजन्स बैंकले “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको छ। साथै, बैंकले फोनपे सँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ, जुन नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड हो।

यसका साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन दिने र रुचि नम्बर सेवा सुरु गर्ने सुविधा पनि बैंकले पहिलोपटक उपलब्ध गराएको छ।

बैंकले हालसम्म देशभर ६१ जिल्लामा २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ३० हजार ग्राहकहरूलाई सेवा दिँदै आएको छ।