काठमाडौं–सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताबारे तिथि मितिको साइत जुर्नु अगावै एमाले निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकट वाइसिएलले पार्टी नेतृत्वलाई एकता प्रक्रिया अघि बढाउन नैतिक दबाब सिर्जना गरेका छन् ।


ADVERTISEMENT


नयाँ बानेश्वरस्थित युवा संघ नेपालको केन्द्रीय कार्यालय निकट हीरा पार्टी प्यालेसमा युवा संघ केन्द्रीय संगठन विभागले बृहत् युवा भेला गरेर यस्तो सन्देश दिएको हो, जहाँ वाइसिएल अध्यक्ष तथा इन्चार्जको समेत उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


ठिक यही बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्भावित भारत भ्रमण (चैत २४–२६) अगावै पार्टी एकताको प्रस्ताव गरेको र माओवादी केन्द्रले पनि उपयुक्त प्रस्ताव’ भन्दै स्वागत गरेको सन्दर्भमा दुई शक्तिशाली वाम दल निकट युवा संगठनहरुले एउटै मञ्चमा आएर युवा आन्दोलनको भावी दिशाबारे बहस गर्नुले पार्टी नेतृत्वलाई चाँडै एकता अघि बढाउन नैतिक दबाब सिर्जना गरेको भन्ने बुझिएको हो ।

जबकि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस १० वैशाखमा पार्टी एकताबारे तिथि मिति जुराइरहेको पार्टी नेतृत्व समेत चाँडै एकता प्रक्रिया टुंग्याउने दिशामा अग्रसर भइसकेको छ ।

चुनाव पछिको पहिलो औपचारिक बृहत् युवा भेला तथा सम्मान कार्यक्रम आयोजना गरेको संगठन विभाग (युवा संघ) ले बृहत् युवा भेलामा दुई युवा संगठनले नेतृत्व तथा इन्चार्ज सहितलाई एउटै मञ्चमा राखेर युवाहरु पार्टी एकताको प्रक्रिया छिटै अघि बढेको हेर्न चाहन्छन् भन्ने सन्देश दिएको दुवै संगठनको नेतृत्व पंक्तिको भनाइ र भावभंगीले स्पष्ट पाथ्र्यो नै, तर दुवै इन्चार्जले पार्टी एकतापछि युवा आन्दोलनको कार्यदिशाबारे यस्तो हुने छ भन्ने धारणा राख्नुले युवा संगठनहरु भावनात्मक रुपले पनि एकै ठाउँमा आइसकेको सन्देश दिएको उनीहरुले दाबी गरेका छन् ।

एमाले पोलिट्ब्युरो सदस्य तथा युवा फाँट प्रमुख पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेको प्रमुखातिथ्य रहेको उक्त कार्यक्रममा युवा संघ नेपालको अभूतपूर्व एकता देखिएको हो । केही समय अघि अध्यक्ष राजीव पहारी भन्दा फरक कित्तामा रहेको भनिएको दिलु पन्त नेतृत्व सहितले कार्यपत्र नै प्रस्तुत गर्दै संयुक्त प्रयासमा युवा आन्दोलनको समीक्षा सहित भावी कार्यनीतिक बाटोबारे यसरी चर्चा हुनुलाई संघ भित्र उथल पुथल भएको सन्देशका रुपमा कार्यकर्ताहरुले लिएका छन् ।

भेलामा दुवै दलका युवा इन्चार्ज र नेतृत्व एकै ठाउँ उभिएर नेतृत्व बाहिर हुने गरेका गतिविधिलाई समेत चुनौती दिएको दुवै युवा नेतृत्वले बताएका छन् । एउटा पंक्तिको खरो अनुपस्थितिका बाबजुद राजधानीमा संयुक्त र शक्तिशाली कार्यक्रम सम्पन्न हुनुले नेतृत्व बाहिरका ‘गुटबन्दी’ र अस्वस्थ गतिविधि अब किनारा लाग्नसक्ने संकेत गरेको संघका अध्यक्ष पहारीले जिकिर गरेका छन् ।

संघका सचिव माधव बास्तोला प्रमुख रहेको संगठन भिभागले युवा संघबाट प्रदेश तथा संघीय संसदमा विजयी अध्यक्ष पहारी लगायत नेताहरुलाई सम्मान तथा बधाई समेत ज्ञापन गरेको थियो । कार्यक्रम हलमा सिट समेत नपाएर किनार र भित्तामा समेत उभिएर कार्यक्रम सुनिरहेका युवाहरुको उपस्थिति हजार भन्दा बढी रहेको आयोजकको दाबी छ ।

मुलुक समृद्धिको दिशातिर अघि बढिरहेको हुनाले अबका युवाहरुले पनि बाहुबल र विधि बाहिरबाट नभई विचार र सिर्जनात्मक बाटोबाट मात्र मुलुकको उक्त सपना पूरा गर्न सक्ने भन्दै दुवै युवाहरुका इन्चाजहरु क्रमशः पूर्व मन्त्री पाण्डे तथा आरसी सापकोटाले ‘अबको आन्दोलन बलशाली भन्नेहरुले नभई बौद्धिक पंक्तिले मात्र अघि बढाउन सक्ने’ धारणा राखेका थिए ।

युवा संघ सचिव नरेश शाहीद्वारा प्रस्तुत कार्यपत्रमाथि युवा संघ केन्द्रीय अध्यक्ष पहारी, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), उपाध्यक्ष दिलु पन्त, सञ्चालन संगठन विभाग सचिव तथा केन्द्रीय सचिवालय सदस्य निरेशलाल सिंहले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सदस्य रहेको संगठन विभाग उपप्रमुख पूर्ण लामा कार्यक्रममा दुवै दलका युवा फाँट प्रमुखहरु (पाण्डे तथा आरसी शर्मा) ले शुभकामना मन्तव्य सहित निर्देशनात्मक भनाइ राखेका थिए ।

दुई संगठनका इन्चार्जद्वय पाण्डे तथा शर्माले कम्युनिस्ट आन्दोलनको विश्व परिवेश र नेपालको विकासको इतिहासबाट पाठ सिक्दा अबको कम्युनिस्ट आन्दोलन भनेको पाखुरीको बल, आवेश र आक्रोशले नभई सिर्जनशीलता, उद्यमशीलता र बौद्धिक बलले मात्रै संविधानले तोकेको र कम्युनिस्ट पार्टीहरुले सोचेको समाजवादी लक्ष्य हासिल गर्न सकिने शिक्षा दिएका थिए ।

कार्यपत्रमाथिको टिपोटकर्ताका रुपमा युवा संघ सचिव हस्तबहादुर शाही तथा सचिवालय नेता रमेश आचार्यले गरेका थिए । सांस्कृतिक तथा व्यङ्ग्य विनोद प्रस्तुति समेत रहेको उक्त कार्यक्रमको सभापतित्व संघका सचिव तथा विभाग प्रमुख बास्तोलाले गरेका थिए ।