काठमाडौं–नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिदै छ । उनको कार्यकाल सकिनै लाग्दा नयाँ आइजिपीका लागि दौडधुप सुरुभएको छ । सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो ।


ADVERTISEMENT


तर, २०४९ सालयता कर्य क्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आइरहेको छ ।


ADVERTISEMENT

# # #


बहुदलीय व्वस्था पुनस्थापनापछि भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालले रत्नशमशेर जबरालाई प्रहरी महानीरिक्षकबाट हटाएर मोतीलाल बोहोरालई त्यो जिम्मेवारी दिए । त्यसदेखि आइजिपी चयन राजनीतिक दाउपेच बन्दै आएको छ । पछिल्ला वर्ष त यो विषय झन् पेचिलो बन्दै गइरहेको छ ।

संयोग कस्तो भने नेपाली कांग्रेसको तत्कालीन नेतृत्वबाट शुरु भएका प्रहरी नेतृत्वमा हस्तक्षेपको प्रकरण गत बर्ष उसकै कारण छताछुल्ल भयो । –आजको नागरिक दैनिकबाट