काठमाडौं–संघीय संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अघिल्लो सरकारको सिफारिसमा जारी भएका तीन अध्यादेश पेश गर्ने तयारी सरकारले गरेको छ ।


ADVERTISEMENT


कानुन मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश शुक्रबारै संसदमा दर्ता गराइसकेको छ । गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश आज संसदमा दर्ता गर्दैछन् ।


ADVERTISEMENT

# # #


बैठकमा अध्यादेश पेस भएपछि त्यसमाथि छलफल हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश आजको सम्भावित कार्यसूचीमा पर्न सक्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिएका छन् ।

राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ ।