काठमाडौं–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले स्थानीय तहले अरु सरकारबाट सहयोगको अपेक्षा गर्ने भन्दा स्थानीय स्तरमै स्रोतसाधन परिचालन गर्न आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


दाङको बबई गाउँपालिकामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले सबै विकासमा अरु सरकारबाट अपेक्षा गर्ने भन्दा स्थानीय स्तरमै स्रोतसाधनको खोजी गर्न जरुरी रहेको बताएका छन् । सँधै अरुबाट सहयोगको आश गर्नेभन्दा स्थानीय तह आफैले योजना निर्माण गरेर अरुको सहयोग लिनुपर्ने विचार उनले व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


अहिले स्थानीय तह अधिकार सम्पन्न भएको र स्रोत साधन पनि भएको उल्लेख गर्दै उनले पर्यटन विकासका लागि स्थानीय स्तरमा पर्यटक आकर्षक गर्ने आधारहरु तयार गर्न आवश्यक रहेको बताएका छन् । पर्यटन विकासबाट नै स्थानीय तहमा आर्थिक समृद्धि हुने धारणा राख्दै पोख्रेलले पर्यटकीय क्षेत्रको संरक्षण, प्रचारप्रसार र विकासमा लगानी गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जिल्लाको महत्वपूर्ण पर्यटकीय थलोका रुपमा रहेको पुरन्धारा झरनालाई थप विकास गर्न सबै क्षेत्रबाट सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य उत्तरकुमार वली, धमकली चौधरी र दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले स्थानीय तहले पर्यटन विकासमा लगानी गर्न आवश्यक रहेको बताएका थिए ।