काठमाडौं–सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ ।


ADVERTISEMENT


महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईँले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ सरकारका प्रवक्तामार्फत जानकारी गराइने छ ।

यसैबीच मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।