बलिउड अभिनेता अक्षय कुमारलाई जब समय मिल्छ तब उनी परिवारसँग समय बिताउन रुचाउँछन् । उनी कहिले परिवारसँग फिल्म हेर्न जान्छन् त कहिले बच्चासँग घुम्न निस्किन्छन् ।


ADVERTISEMENT


अहिले उनी श्रीमती ट्विंकल खन्नाका लागि रिक्सा ड्राइभर बनेका कारण चर्चामा छन् । ट्विंकल खन्नाले आफैँ इन्स्टाग्राममा त्यसको तस्बिर हालेकी हुन् । उनले बिहानै ४ बजे उठेर श्रीमान्सँग लामो समय बिताएको पनि स्टाटसमा उल्लेख गरेकी छिन् ।


ADVERTISEMENT

# # #


तस्बिरका साथ उनले थप लेखेकी छन्, ‘कसैका लागि यो पागलको जस्तो हर्कत हुन सक्ला, तर मेरा लागि पर्फेक्ट आइतबार हो ।’ बिहानै ४ बजे उठेपछि उनले केही लेख्ने काम गरिन् ।

यसपछि घुम्नका लागि अक्षय पनि उनीसँगै थिए । अक्षय उनका लागि रिक्सा ड्राइभर पनि बने । यी सब काम अक्षयले बिहान ९ बजेअघि नै गरिसकेका थिए ।