बुटबल–पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका बरिष्ठ नेता टोपबहादुर रायमाझीले चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता नहुँने बताएका छन ।


ADVERTISEMENT


आज बुटवलमा भएको साक्षात्कारमा रायमाझीले भने, ‘घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय होइन । पार्टी एकता हुँदा समान हैसियतमा मात्र हुन्छ । सम्मानजनक र समान हैसियत नभए एकता हुँदैन ।’ हिजो प्रचण्डले आधा आधाको हैसियतमा संगठनात्मक एकता हुने बताएका थिए ।


ADVERTISEMENT

# # #


नेता रायमाझीले पार्टी एकतावारे हल्ला हुनु स्वभाविक भएको पनि बताए ‘बामगठबन्धन बनाउँदा चुनावी तालमेल हुँदैन भनेर हल्ला भए । सरकार बन्ने कुरामा पनि आशंका गरियो । सरकार बन्दैन भनियो । त्यसपछि पार्टी एकतावारे पनि अनेक टिप्पणी आएका छन् । यो स्वभाविक हो । निकट भविष्यमा पार्टी एकता गराएरै छाँडछौं । सम्पुर्ण बामपन्थी शक्तिलाई एउटै कम्युनिष्ट पार्टी बनाउछौँ ।’ उनले भने ।

उनले प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए । उनले अर्काको देशका वारेमा धेरै नबोल्न यूरोपियन यूनियनलाई चेतावनी दिए ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताए । उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै अर्कोको देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताए । ‘यसमा हामी घोर आपत्ति जनाउँछौँ, इयुले तुरुन्त यो प्रतिवेदन सच्चाउँनुपर्छ ।’ उनले भने ।

संविधान कार्यान्वयन गदैँ देश अगाडि बढेको भन्दै उनले भने, ‘संविधान कार्यान्यन हुँदैन, संविधान पुर्नलेखन गर्नुपर्छ भन्ने विचार आएपनि संविधानले सवै निर्वाचन सम्पन्न गरी कार्यान्वयनमा गएको छ ।’

उनले बाम गठबन्धनलाई ठूलो अवसर आएकोले सुखी नेपाली र समृद्ध नेपाल बनाउने चुनौती रहेको पनि बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक हुने बताए ।

उनले पाँच नम्वर प्रदेशको राजधानी बुटवल नै हुने बताए । कार्यक्रममा कांग्रेस नेता दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशको हितमा हुनुपर्ने बताए ।

उनले भ्रमणलाई कुटनीतिक तरिकाले अगाडि बढाउनु पर्ने भन्दै उनले भ्रमण दुवै देशको चाहना भएको बताए ।