काठमाडौं–भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


भेटमा भारतीत राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर ट्रेडिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखेका थिए । हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विजुली आयात गरिरहेको छ ।

उनले वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसँग आग्रह गरे । भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रति भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

राजदूतसँगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।