काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् ।


ADVERTISEMENT


नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’

संक्रमणकालीन न्यायलाई बाहृय र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त गराउने उनले बताएका छन् ।