काठमाडौं – तेस्रो दीपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डीजीएमटी) क्रिकेट प्रतियोगिता जनकपुरमा हुने भएको छ । धनुषा क्रिकेट संघले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी दिएको हो ।


ADVERTISEMENT


प्रतियोगिता वैशाख ७ गतेदेखि १५ गतेसम्म जनकपुरको बाह्रविघा खेल मैदानमा हुँदैछ । टि–ट्वान्टी फम्र्याटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालबाट ६ र दुई भारतीय गरी ८ टिमले खेल्नेछन् ।


ADVERTISEMENT

# # #


राउण्ड रोविन लिगको आधारमा हुने खेलमा टिमलाई दुई समूहमा विभाजन गरिने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ३ लाख ११ हजार नगदसहित ट्रफि हात पार्नेछ भने उपविजेताले १ लाख ७१ हजार नगदसहित ट्रफि हात पार्नेछ ।

डीजीएमटीको यो तेस्रो संस्करण हो । पहिलो संस्करण २०६९ सालमा भएको थियो । पहिलो संस्करणको विजेता एपीएफ क्लब भएको थियो ।
दोस्रो संस्करण २०७१ फागुनमा भएको थियो । दोस्रो संस्करणको डीजीएमटी क्रिकेटको उपाधि नेपाल आर्मीले जितेको थियो । मैदानकै अभावका कारण ३ वर्षपछि पुनः प्रतियोगिता सञ्चालन गरेको आयोजकले बताएको छ ।