काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले मंगलबारको बैठकमा कविता बाचन गरेर आफ्ना कुरा राखेकी छन्।


ADVERTISEMENT


मंगलबार भएको बैठकमा बोल्दै उनले आफु कला, संगीत र साहित्य क्षेत्रबाट पनि प्रतिनिधित्व गरेको बताउँदै पहिलो पटक बैठकमा बोल्दा माननीय सदस्यहरुले सांगीतिक भावबाट प्रस्तुतिकरणको माग गरेको समेत बताइन्। त्यसै कारण सहिदहरु प्रति चार लाईन शब्द समर्पित गर्दछु भन्दै कविता बाचन गरेकी थिइन्। वलीले शार्दूलविक्रीडित छन्दमा कविता बाचन गरेकी थिइन्।


ADVERTISEMENT

# # #


सहिदहरु प्रति शब्द सुमन अर्पित गर्दै गर्दा माननीय ज्यूहरुमा सहिदका सपना साकार पार्ने भावना अनुहारमा झल्किरहेको आफुले पाएको ओलीले बताइन्। उनले निर्वाचनबारे इयूले सार्वजनिक गरेको प्रतिवेदन प्रति आपत्ति समेत जनाइन्।

बैठकमा बोल्दै राजपा सांसद ब्रिषेशचन्द्र लालले निर्वाचन प्रतिवेदन ईयुको सुझावमात्र भएको बताए। कांग्रेसका बद्री पाण्डेले इयूको प्रतिवेदन गतल भएको बताए। माओवादीका रामनारायण विडारीले धर्मनिरपेक्षातामा चलखेल भएको बताए।