काठमाडौं–श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको पुल्चोकस्थित सरकारी क्वाटरमा एमालकै एक जना सांसदको सहयोगमा एक जना म्यानपावर व्यवसायी बिहीबार विहान प्रवेश गरे । मन्त्रीको गोप्य कक्षमा प्रवेश गरेको एकै छिनमा मन्त्री कड्किदै बाहिर निस्किए । ती म्यानपावर व्यवसायीलाई उनी झपार्दै थिए । ती म्यानपावर व्यवसायी ब्रिज स्काइ इन्टरनेसनल प्रालिका अध्यक्ष रामचन्द्र बल रहेका थिए ।


ADVERTISEMENT


बलको म्यानपावर र सुकेधारामा रहेको म्यानपावरमा वैदेशिक रोजगार विभागले हिजो छापा मारेको थियो । विभागले कागजात नियन्त्रणमा लिएपछि बल भनसुनका लागि विहानै मन्त्री भेट्न आएका थिए ।


ADVERTISEMENT

# # #


मन्त्री विष्टले हिजोका दिनमा म्यानपावरमा रहेको बिकृति अब रहन नदिने भन्दै बललाई त्यही अनुसार सतर्क रहन आग्रह गरे । ‘म बिकृतिको सारथी बन्न सक्तिन,’ मन्त्री विष्टले भने,’ यसअघि म्यानपावरका देखिएका ब्यतिथि अब अन्त्य हुन्छ।’

एमालेको मन्त्री छ, म एमाले भन्दै हिड्ने म्यानपावर व्यवसायी अब सचेत रहनुपर्ने उनले बताए । ‘सबैभन्दा पहिला गल्ती गर्ने एमालेका मान्छेलाई कारबाही गर्छु अनि मात्र अरु पार्टीकालाई गर्छु’, मन्त्री विष्टले भने ।

मन्त्री बोलिरहदाँ कानुन बमोजिम काम गरेको बलले बताए । ‘कानुन बमोजिम काम गरेको भए किन डराउनु पर्यो, ‘मन्त्री भने ।

कोही अन्यायमा नपर्ने र अन्यायमा पार्न पनि नदिने उनले बताए । बुधबार सुकेधारास्थित मिराकल पार्टी प्यालेशमा म्यानपावरको अन्तर्वार्ता भएको थियो । पुर्व अनुमति नलिइ अन्तर्वार्ता लिइरहेको सुचना आएपछि विभागले छापा मारेको थियो ।

सुकेधाराको अलसाहिद म्यानपावरले फेब्रुअरीमा युएइका लागि ५० जनाको पुर्व स्वीकृति विभागबाट लिएको रहेछ । त्यही आधारमा ८५ जना साउदी लैजान भन्दै अन्तर्वार्ता भइरहेपछि छापा मारिएको थियो । अन्तर्वार्ता स्थलमा ब्रिज स्काइको नभएर अलसाहिदको फर्म बाँडिएको थियो ।