काठमाडौं–सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिण्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन् ।


ADVERTISEMENT


यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिण्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की दिएका हुन् । धम्की दिनेमा कोटेश्वरदेखि पूर्व सेवा दिने १३ यातायात सेवा समिति छन् ।


ADVERTISEMENT

# # #


त्यसमा बस वा मिनिबस मात्र होइन, ट्रक र टिपर व्यसायी समेत सम्मिलित छन् । यो समितिले बिहिवार काठमाडौँ, भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मयुर यातायातको इजाजत खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले मयुरको इजाजत खारेज नभए यातायात सेवा नै ठप्प पार्ने धम्की समेत दिएका छन् । मयुर यातायातले काठमाडौँ बनेपा रुटमा २४ वटा सुविधासम्पन्न नयाँ बसमार्फत सेवा सुरु गरेको छ ।

४२ सिटे बसमा निशुल्क वाईफाई सुविधा समेत छ । साथै, यसमा आमाबच्चा सिट समेत छ । सिण्डिकेटवाला व्यवसायीले भने मयुरलाई कोटेश्वरबाट पूवइ यातायात सञ्चालन गर्न दिएको इजाजतपत्र खारेज नगरिए चैत १८ गतेदेखि ग्रामीण क्षेत्रमा सेवा सञ्चालन नगर्ने धम्की दिएका थिए ।आजको नागरिक दैनिकबाट