काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले अवश्य उठ्ने प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जादै छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसंग भेटवार्ता गर्ने तय भएको छ ।