– इन्द्रबहादुर बानियाँ
म बागमती प्रदेशको जिम्मेवार जनप्रतिनिधिका रूपमा जनताप्रति इमानदार र पारदर्शी ढंगले सेवा गरिरहेको छु। जनताको विश्वास कायम राख्ने र उनीहरूले अपेक्षा गरेको समृद्धिको बाटो देखाउने मेरो लक्ष्य हो ।
मेरो पहिलो प्राथमिकता भनेको गरिब तथा विपन्न वर्गलाई सहयोग गर्नु हो। अहिले मेरो निर्वाचन क्षेत्रमा आफ्नो व्यक्तिगत खर्चबाट एउटा होइना तीनवाट घर बन्दै छ । यो एउटा गरिब जनाताको लागि हो । एउटा चेपाङ परिवारको अवस्था नाजुक छ, श्रीमती गर्भवती हुने अवस्थामा रहको छ । त्यो परिवारलाई यही दशै अगाडि एउटा घर बनाइदिने योजना रहेको छ । जस्तो दलित महिला, एकल महिला उनीहरुलाई घर बनाइदिँदै छु । साथै गरिबको छोरा छोरी पढाउनलाई ६ वटा डाक्टर, १० वटा र्नस पढाउनलाई कार्यविधि तयार गरिएको छ।
अहिल्ये बागमती प्रदेशमा मात्रै दैनिक ४ जनाले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको छ । यसको प्रमुख कारण हेल्मेट नलगाउने, सेफ्टी मापदण्ड नअपनाउने, र ट्राफिक नियमको उल्लंघन हो। यसलाई रोक्नका लागि हेल्मेटबिना सवारी चलाउनुलाई पेट्रोल नदिने निर्णय गरिएको छ। यस विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रमुख सचिव, प्रहरी महानिरीक्षकहरू, ट्राफिक प्रहरी प्रमुख, पेट्रोलियम डिलक्स संघका अध्यक्षलगायत सम्बन्धित सबै उच्च अधिकारीहरूसँग छलफल सम्पन्न भइसकेको छ। यसको परिणाम एकसय दिनभित्रै थाहा हुन्छ ।
अब चाडपर्व नजिकिँदै गर्दा शान्ति सुरक्षाको संवेदनशीलता थप बढेको छ। चोरी, डकैती र भीडमा हुने अन्य घटनाहरूबाट जनतालाई कसरी सुरक्षित राख्न भन्ने रहेको छ । अहिल्ये नेपालीहरुको महान चाड पर्व आउदैछ शान्ति सुरक्षालाई कायम गरी चोरी डकैतीबाट बच्नलाई धेरै भीड भामा आफ्नो ज्यान जोगाउन जस्ता विभिन्न अवस्थामा शान्ति सुरक्षा आवश्यक रहेको हुन्छ । ठूलो चाडपर्वमा हुने चोरी डकैतीलाई कसरी नियन्त्रणमा लिने कसरी सुरक्षा दिने भन्ने रहेको छ । बजारमा हुने भिन्न कारोबाजारीलाई कसरी नियन्त्रण गर्ने के कति सहयोग गर्नसकिन् जनताको लागी त्यो निरन्तर गरिरहने छु । साथै यो दशै भन्दा अगाडि सडकमा भएको खाल्डा खुल्डी सबै बनाउने छु । यातायात मन्त्रालयमा कुरा गरी यातयात मन्त्रीलाई दशै अगाडी सबै खाल्डाखुल्डीलाई बनाउने तयारी रहेको छ । जसले यात्र गर्न सहज होस भन्ने मेरो धारण रहेको छ ।
सार्वजनिक सम्पत्ति राज्यको सम्पत्तिमा एउटा विपन्न गरिब जनताको लागि भूमि आयोग मार्फत प्रतियोगिताहरुमा बास नभएकाहरुलाई बास दिने चलन रहेको छ । तर, बास हुनेहरुले पनि कब्जा नै गरेर बसेको रहेछ भने पनि त्यो कसरी राज्यको अधीनमा ल्याउने त्यो कामप्रति लाग्ने छु । प्रजातन्त्रमा असन्तुष्टि आवाजहरू आउछन्, त्यस्ता असन्तुष्टि राख्न पाइन्छ तर त्यस्ता दलित मर्यादा र दलीय आवजहरू व्यवस्थामा असन्तुष्टि हुन पाइन्छ । आफ्ना विचार राख्न पाईन्छ । नेपाली कांग्रेस भित्र विचारको बहस छलफल कहाँ के गर्ने भन्ने अन्तिमसम्म प्रयत्न जस्ता एकता सधै कायम रहन्छ ।
युवाहरुलाई हामीले वैदेशिक रोजगारीमा सिप र तालिमको व्यवस्था गरेर प्रदेश सरकारले सिसिटिभी आर्थिक रुपमा व्यवस्था गरेर आफ्नै प्रदेशबाट विभिन्न तालिमहरु ड्राइभिङ, सिलाई बुनाइ, बियुटी पार्लर, पाउरोटी बनाउने, मसाला उद्योग जस्ता विभिन्न किसिमका सीप र तालिमको व्यवस्था गरेर सकेसम्म स्थानीय सरकारसँग नियमन गरेर सम्बन्धित स्थानीय पालिएकासँग समन गरेर बैंकबाट बिना धितो लोन तिर्न सक्नेतर्फ पनि नयाँ कार्यविधि बनाएर अगाडि बढ्ने तयारीमा छौँ । त्यस कारण पनि नेपालमै आफ्नो घर परिवारसँग बसेर गरी खाने अवस्थाको सिर्जनामा लाग्ने छु ।
विगतमा के रह्यो, के रहेन त्यो सत्यता नै छ । किन भने प्रदेश र स्थानीय तहबीचमा राम्रोसँग समन्वय नभएर अहिलेको नयाँ सरकार गतिशील बन्न सकेको छैन भन्ने जनगुनासोलाई मेरो कार्यकालमा जनताको गुनासोलाई सम्बोधन गरी सकेसम्म कम भन्दा कम शून्य गराउने भन्ने मेरो चाहना रहेको छ ।
मैले बुझेको सामान्य नागारिक भनेको गरिब रहेछ । सामान्य नागारिक जसको ६ वटा छोरा छोरी डक्टर पढाउने र १० वटालाई नर्स पढाउने भनेर सुरुवात गरिसकेको छ । अब त्यसलाई कति संख्यामा गर्न सकिन्छ, आफ्नो बजेटको अवस्थालाई हेरेर र कोही पनि पढ्न नपाएर निरास हुन नपरोस् भन्ने मेरो अभियान रहेको छ । त्यसको लागि कार्यन्वयन बनाएर अगाडि बढ्ने छु ।
(बागमती प्रदेशका मुख्यमन्त्री बानियाँसँग गरिएको कुराकानीमा आधारित ।)



























































