काठमाडौं–सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबारको फाइनल खेल खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण फाइनल खेल स्थगित भएको छ ।


ADVERTISEMENT


समाचारमा नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीचको फाइनल खेल अर्को सूचना नआएसम्म स्थगित गरिएको आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिएको छापिएको छ ।


ADVERTISEMENT

# # #


समाचारका अनुसार मध्यान्तर पछिको २२औं मिनेटमा सुदूरपश्चिमका ११ नं. जर्सीका अफ्रिकन खेलाडी एरोनालाई फिफा रेफ्रि सुदिस कुमार पाण्डेले रेडकार्ड देखाएपछि सूरु भएको विवादका क्रममा खेलाडीबीच नै कुटाकुट भएको थियो । लगतै उपस्थित अधिकांश दर्शक समेत मैदानमा छिरेर आर्मीका खेलाडीलाई कुटेका थिए ।

आयोजक समितिका स्वयंसेवक र सुरक्षाकर्मीले मैदानबाट भिड तितरवितर पारेर आधाघण्टा पछि आर्मीका खेलाडी मैदानभित्र छिर्ने बितिकै रेफ्रि पाण्डेले आर्मीका १ नं. जर्सीका गोलकिपर विकास कुथु, २७ नं. का विकास तामाङ र ३२ नम्बरका दिपक गुरुङलाई रेडकार्ड देखाएका थिए ।

लगतै आर्मीका कप्तान भरत खबाससहितका खेलाडी कल गर्नका लागि रेफ्रितर्फ बढ्दै गर्दा आयोजक समितिका पदाधिकारी मैदानभित्रै छिरेर रोक्न खोजेपछि आर्मीका खेलाडी र आयोजक समितिका पदाधिकारी बीच नै भनाभन भएको थियो । त्यसपछि आर्मीका खेलाडी मैदान छाडेर हिँडे भने मैदान भित्रै रहेका सुदूरपश्चिमका खेलाडीलाई बोक्दै दर्शकले हिपहिप हुर्रेको नारा लगाएका थिए ।–आजको नागरिक दैनिकबाट