काठमाडौँ – प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज (आइतबार) बिहान ११ बजे सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख महराले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


ADVERTISEMENT


महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोकपुस्तिकामा पनि हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सभामुख महराले पछिल्लो पटक एक महिनाअघि मात्रै खड्कासँग भेट भएको बताए । केही समययता खड्कासँग नियमित भेटघाट र कुराकानी भएको उल्लेख गर्दै महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताए ।

खड्काकी श्रीमती, छोरी र आफन्तजनलाई सम्हालिन आग्रह गर्दै सभामुख महराले आत्मबल बलियो बनाउनुको विकल्प नभएको बताए ।

श्रद्धाञ्जली दिन निवास पुगेका कांग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन आग्रहसमेत गरेका थिए ।