बारा–जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी टोलीले करिव एक करोड बराबरको कालो मरिचसहित एक करोड ५५ लाखको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


भारततर्फ लैजान लागेको उक्त सामान प्रहरीले गत चैत १६ गते वाराको पचरौता नगरपालिका वडा नं ९ बाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


ना ५ ख ६९५५ न को मिनी ट्रकमा अ्नुमानित मुल्य रु.५,००,०००(पाच लाख)बराबरको कुखुराको दानाको बोरामा राखेको अनुमानित मुल्य १,२०,००,०००(एक करोड बिस लाख) बराबरको कालो मरिच भारततर्फ लैजादै गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बरामद एक करोड बिस लाख बराबरको कालो मरिच, पाँच लाख बराबरको कुखुराको दानाको बोरा र मरिच लोड गरेको तीस लाख बराबरको १ थान मिनी ट्रक गरी जम्मा एक करोड पचपन्न लाख बराबरको मालसमान र ट्रक चालक बारा सिम्रौनगढ न.पा.–३ का बिरोज कुशवाहालाई पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति र सामान भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।