काठमाडौं–दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको निधन भएको छ। उनका श्रीमान जेलमा रहँदा दशकौँसम्म रंगभेद विरोधी आन्दोलनमा विनी माडिकीजला मण्डेलाको ठूलो प्रभाव रहेको थियो ।


ADVERTISEMENT


सोमबार दिउँसो विनी मण्डेलाको ८१ बर्ष को उमेरमा निधन भएको उनको पारीवारिक स्रोतले जनाएको छ । भूतपूर्व आर्चविशप तथा नोबेल पुरस्कार विजेता डेसमण्ड टुटुले रंगभेदवादी शासनविरुद्ध संघर्षको एक सुपरिचित प्रतीक भन्दै विनी मण्डेलाको प्रशंसा गरेका छन् ।


ADVERTISEMENT

# # #


श्रीमती मण्डेलाको जन्म सन् १९३६ मा दक्षिण अफ्रिकाको पूर्वी केपमा भएको थियो । उनी केही समय जेल परेकी थिइन् । उनी विरुद्ध सन् असीको दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप लगाइएको थियो । तर उनले ती आरोपहरुको खण्डन गदै आएकी थिइन् ।

सन् १९९० मा मण्डेला लामो जेल जीवनबाट रिहा भएको केही वर्ष भित्रै उनीहरुको संबन्ध बिग्रियो । सन् १९९६ मा सम्बन्ध विच्छेदपछि पनि उनले पतिको थर छाडिनन् र आफ्ना पूर्व पतिसंग उनको भेटघाट कायमै थियो ।

पत्रकारसँगसंगको कुराकानीमा अफ्रिकी न्याशनल कँग्रेसका अध्यक्ष ग्वेद मन्टाशेले भने, ‘उहाँले के सही छ र के गलत छ भनेर हामीलाई भन्नुहुन्थ्यो । हामीले अब उहाँको निर्देशन पाउने छैनौं।’