काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) को आजको खेलमा महेन्द्रनगर युनाइटेडले धनगढी टिम चौराहालाई १३२ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


टस हारेर पहिला ब्याटिंग गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउदै १३१ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


महेन्द्रनगरका लागि पुनित महराले सर्वाधिक ४२ रन बनाए भने भुवन कार्कीले ३२ रन बनाए । त्यस्तै पुनित विष्टले २४ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले ठुलो योगदान गर्न सकेनन् ।

धनगढीका लागि ललित भण्डारीले सर्वाधिक ४ विकेट लिए भने कप्तान सोमपाल कामीले र सम्सद शेखले एक एक विकेट लिए । महेन्द्रनगरका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

धनगढीले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।