काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले हालै सार्वजनिक मुलुकको आर्थिक अवस्थासम्बन्धी श्वेतपत्रबारे संसदमा उठेका प्रश्नको जवाफ दिएका छन् ।


ADVERTISEMENT


मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले चाँडै संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमा हाल उठेका प्रश्नहरुको समाधान हुने बताए । उनले मुलुकको अर्थतन्त्रबारे सत्य कुरा राख्न खोजिएको बताए । संसद बैठकमा बोल्दै उनले सत्य तितो हुने बताए।


ADVERTISEMENT

# # #


“देशको अर्थतन्त्रको बारेमा चासो राख्नुभएकोमा धन्यवाद । समस्या समाधान नगरी उम्किने बाटो छैन । समस्याहरु समाधान हुन्छन्,” उनले भने । श्वेतपत्रमा कुनै पार्टी विशेषलाई लक्षित नगरिएको प्रष्टीकरण दिँदै उनले एउटा कालखण्डको समीक्षामात्र गरिएको बताए । श्वेतपत्रबारे थप छलफल गर्न सकिने उनको भनाइ थियो ।

सामाजिक तथा पूर्वाधारको क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन थालेको भन्दै अर्थमन्त्री डा। खतिवडाले राज्यका दायित्वहरु असीमित तर स्रोतसाधन सीमित रहेको बताए ।

बजेटको स्थितिबारे सांसदहरु जानकार हुनुपर्ने भन्दै उनले अहिले केही बचत देखिए पनि आर्थिक वर्षको अन्त्यमा स्थिति भयावह हुने आँकलन गरिएको बताए ।

निजीकरणको विषयमा पर्याप्त बहस गर्न सकिने भन्दै अर्थमन्त्री खतिवडाले बन्द अर्थतन्त्रको पक्षमा सरकार नभएको स्पष्ट पारे । “तर, राष्ट्रिय स्वार्थको पनि पालना गर्नैपर्छ । उदारवाद पनि निरपेक्ष हुँदैन । सामाजिक सुरक्षाबारे सरकार जानकार छ,” उनले भने ।