काठमाडौँ– नेकपा (संयुक्त) ले स्थानीय तह निर्वाचनमा देशका २१ जिल्लामा उम्मेदवारी दिने भएको छ । पार्टीको सङ्गठन तथा सञ्जाल देशभर सबै जिल्लामा नभएका कारण सीमित स्थानमा मात्र उम्मेदवारी दिने तयारी गरिएको छ ।


ADVERTISEMENT


पार्टीका अध्यक्ष गणेश साहका अनुसार पछिल्लो संरचनाअनुसार प्रदेश नं– ६ का कुनै पनि स्थानमा पार्टीले उम्मेदवारी दिने छैन् । पार्टीले भ्रष्टाचार मुक्त समाज, समानतामा आधारित न्याय, नागरिक सम्मानजस्ता विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको छ ।


ADVERTISEMENT

# # #


स्थानीय तहमा रोजगार सिर्जना गरी बेरोजगारी समस्या समाधान गर्ने वातावरणमैत्री समाज निर्माण गर्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण पूरा गरिने छ । पार्टीको केन्द्रीय अध्यक्ष साहको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भइसकेको छ ।

उम्मेदवारी दिने जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । सम्बन्धित समितिको सिफारिसमा उम्मेदवार जिल्ला कार्यसमितिले चयन गर्ने छ ।

मुलुकमा भइरहेको राजनीतिक अवस्थाकाबारेमा जनतालाई बुझाउने र पार्टीको एजेन्डाप्रति उनीहरुलाई सकारात्मक बनाउन उम्मेदवारी दिने क्षेत्रमा चुनावी सभाका साथै पार्टीले प्रगतिशील बामपन्थी लोकतान्त्रिक शक्तिसँग तालमेल समेत गर्ने छ ।