काठमाडौँ– एनआईसी एशिया बैँकले एक्जिस बैँक लिमिटेडसंगको सहकार्यमा भारतबाट ‘इनवार्ड रेमिटेन्स’ सुरु गर्ने भएको छ । बैँकले यस सम्बन्धमा एक्जिस बैँकसंग सम्झौता गरी नेपाल राष्ट्र बैँकबाट स्वीकृति प्रदान गरेसंगै ‘इनवार्ड रेमिटेन्स’ सुरु गर्न लागेको हो ।


ADVERTISEMENT


उक्त सम्झौता अनुसार एक्जिस बैँकको भारतमा अवस्थित ३५ सयभन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तनी पाउने गरी पठाएको विप्रेषण रकम एनआइसी एशिया बैँकका नेपालभरी रहेका १९२ शाखाहरुबाट प्राप्त गर्न सकिने छ । यस्तै पाँच हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तनी पाउन सकिने छ ।


ADVERTISEMENT

# # #


साथै आम जनमानसले गरेको प्रगाढ माया, भरोसा र विश्वासले गर्दा बैँले मुलुकभरी १९२ शाखा सञ्चालनसंगै निजी क्षेत्रका सबैभन्दा बढी शाखा सञ्चालन गर्ने पहिलो बैँक बन्न सफल भएको छ । यस्तै १९३ एटीएम सहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्चालन गर्ने पहिलो बैँक बन्न पनि सफल भएको छ

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३९ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ ।