काठमाडौँ– आईपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले शनिबारबाट सुरु हुने आईपिएलमा सन्दिप लामिछानेले खेल्ने संभावना धेरै रहेको बताएका छन ।


ADVERTISEMENT


दिल्लीमा विहिबार भएको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दिपका बारेमा खुलेर प्रसंशा गर्दै उदाउदा खेलाडी भएको र अभ्यासमा पनि राम्रो गरिहरेको बताए ।


ADVERTISEMENT

# # #


साथै उनले युवा जोश र प्रतिभा भएका खेलाडी भएकाले उनि अभ्यासमा पनि कहिले नथाक्ने, दिनभर बलिङ गर भनेपनि गर्छुभन्ने जोश देखाएको बताए ।

उनले दिनप्रतिदिन आफनो बलिङलाई निखार्दै लगेको बताउए । राम्रो करियर भएका खेलाडी सन्दिप राम्रो फिनिसरका रुपमा अगाडी बढिरहेको र चाहिएको बेला उचित बलिङ गर्ने खेलाडीमा रुपमा देखिएको बताए ।

साथै उनले टिममा उनले राम्रो बाताबरण बनाएको र खुल्ला मिसाज भएका खेलाडीका रुपमा रहेकाले आईपिएलमा टिममा पर्ने सम्भावना निकै रहेको बताए ।