काठमाडौं–गुलरिया नगरपालिका वडा नम्वर ६ स्थित आनन्द नगरटोलमा मान्छे नभएका बेला पक्की घरभित्रको एक कोठामा आगलागि भएको छ । आगलागीबाट लाखौंको क्षति भएको छ । घरमा कोही परिवार नभएका बेला स्थानिय राधा डाँगीको घरको कोठामा आगो लागेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


आगलागीबाट एउटा कोठाको सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट कोठाको पलङ्ग, बिस्तारा, दराज, कुर्सी, कागजपत्र गरी करिव ३ लाख रुपैँया बराबरको सामाग्री जलेर खरानी भएको पीडित राधा डाँगीले बताइन् ।


ADVERTISEMENT

# # #


एक साता भारत स्थित हरिद्वारको भ्रमण सकेर बिहीबार बेलुकी घर फर्किदा कोठाभित्र आगलागी भै सबै सामाग्री खरानी भएको रहेछ । कहिले र कसरी आगलागी भयो भन्ने बारेमा कुनै अनुमान गर्न नसकिएको बताइन् । कसैले आगो लगाएको हुनसक्ने आशंका गर्दै आगलागीको छानविन गर्न उनको माग छ ।

पटक पटक छोरीको कपडा कैचीले काटिने, जलाइने लगायत साइकलको टायर समेत काट्ने घटना भैरहन्थ्यो । यसपटक छोरी सुत्ने कोठामै आगलागी भएपछि थप चिन्तित बनेको डाँगीले बताइन् ।

कोठाभित्र आगलागी भएपनि टोलमा कसैले थाहा नपाएको भानुभक्त टोल निवासी गुलरिया नगर कार्यपालिका सदस्य शान्ता परियारले बताइन् । उनले क्षतिपूर्ति दिलाउन र आगलागीको अनुसन्धान गर्न आफूले पहल गर्ने बताइन् ।