काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भोलि (सोमबार) काठमाडौँ लगायत देशभर हुने जेन–जी (सन् १९९७ सालपछि जन्मेका युवाहरु)को आन्दोलनलाई समर्थन जनाएका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक पोण्ट गर्दै मेयर बालेनले उक्त आन्दोलन/र्यालीलाई आफ्नो भरपुर समर्थन रहेको बताएका हुन् । भोलिको आन्दोलन स्वतस्फूर्त जेन–जीको रहेको बताउँदै उनले आफ्नो इच्छा भए पनि उमेरहदका कारण जान नमिल्ने बताएका छन् ।
साथै उनले स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न समेत चेतावनी दिएका छन् । जेन–जीले इच्छा, उद्देश्य, सोच बुझ्न मन भएको बताउँदै उनले भनेका छन्, ‘प्रिय जेन–जी भन्नुस्, तपाईँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?
बालेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा जेन–जीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसको लागि म पनि अझैँ बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन–जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
भोलि काठमाडौँको माइतीघर मण्डला लगायत देशका विभिन्न ठाउँमा जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध, पछिल्लो समय सामाजिक सञ्जालमाथिको निलम्बनले स्वरोजगारका क्षेत्रमा पारेको प्रभावविरुद्ध प्रदर्शन गर्दैछन् ।



























































