काठमाडौँ – नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेना बिच सञ्चालन हुँदै आइरहेको अभ्यास ‘सगरमाथा फ्रेन्डसिप–२०२५’को पाँचौँ संस्करण सरु भएको छ ।
आइतबारदेखि सुुरु भएको भलौ ३१ गतेसम्म सञ्चालन हुने छ । उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।
वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ ।
नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरुका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आईरहेको छ ।




























































