काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् ।


ADVERTISEMENT


शुक्रबार साँझ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग वान टु वान कुराकानी गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सााझ पौने ७ बजे मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । यद्यपि प्रतिनिधिमण्डलको भेटवार्ताको कार्यक्रम भने शनिबार रहेको छ । शनिबार द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीसँग छmलफल गरी नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।