जुम्ला(रासस)–वरिष्ठ मुटुरोग विशेष डा भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन् ।


ADVERTISEMENT


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौंद्वारा आयोजित दुईदिने मुटुरोग शिविरमा डा. कोइरालाले भने, “शिविर सञ्चालनका क्रममा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइयो । त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन् ।” दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान सेवन गर्ने कारणले दम र मुटुरोग धेरै देखिएको तथा फोक्सो बिग्रने समस्या पनि त्यत्तिकै रहेको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौं सिफारिश गरिएको छ । सिफारिश भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा एक लाख बराबरको उपचार सहयोग हुने बताउँदै उनले केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा जोडिने जनाए ।

हिमाली जिल्लामा नवनिर्मित ३०० श्ययाको अत्याधुनिक भवन सञ्चालन भएको देख्न पाउने इच्छा रहेको बताउँदै उनले यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रथामिकता दिनुपर्ने उल्लेख गरे ।

शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिए ।