काठमाडौं–वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै असन्तुष्ट देखिएका छन् ।


ADVERTISEMENT


पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।


ADVERTISEMENT

# # #


‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न’, प्रेस सेन्टरका नेताहरुसँगको भेटघाटमा प्रचण्डले भने , ‘सरकार सञ्चालनको विधि र तौरतरिका अपनाएर अघि बढ्नुपर्ने देखिन्छ ।’

प्रचण्डले प्रधानमन्त्री वा मन्त्रीहरुको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएका छैनन् । तर उनले सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन विधि बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको निर्णयका रुपमा बिहीबार साँझ ३० सचिवको सरुवा गरेका थिए । कुनै पनि मन्त्रीहरुसँग सुझाव र छलफल नै नगरी सचिवहरुको सरुवा भएको भन्दै एमाले–माओवादी दुवैबाट सरकारमा सहभागिता जनाउने मन्त्रीहरु नै असन्तुष्ट छन् ।

माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने प्रष्ट पारेको छ । प्रचण्डले सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका हुन् । उनले हँसिया हथौडा भने मान्य हुने बताएका छन् ।