काठमाडौँ – नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन गरिएको छ ।


ADVERTISEMENT


मुलुकमा सुरक्षा कायम गर्न सक्रिय रुपमा खटिएको सैनिक मुख्यालयले जनाएको छ । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै सेनाले बुधबार साँझ ५ बजे सम्म देशभर निषेधाज्ञा र त्यसपछि भदौ २६ गते बिहान ६ बजे सम्म कफ्र्यु लागू हुने जनाएको छ । परिस्थिति अनुसार थप निर्णय हुने सेनाले स्पष्ट गरेको छ । सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अराजक समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित आक्रमण तथा बलात्कार प्रयासजस्ता गतिविधि गरिरहेको वा गर्नसक्ने सम्भावना रहेको जनाएको छ ।

यसलाई दण्डनीय अपराध मानिने र सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनी दिइएको छ । साथै, अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न नागरिकलाई आग्रह गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सेनाले आह्वान गरेको छ ।