काठमाडौँ – बेलायतमा रहेको नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन् । बेलायतका विभिन्न ठाउँमा उनीहरुले मंगलबार मैनबत्तीसहित दीप प्रज्वलन गरेका हुन् ।
सोमबार काठमाडौँसहित देशभर भएको प्रदर्शनमा २० जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका छन् ।































































