काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीजि भवन ‘ट्रम्प टावर’ मा शनिबार आगलागी हुँदा एकको मृत्यु भएको छ भने ६ अग्नी नियन्त्रक घाइते भएका छन् ।


ADVERTISEMENT


पुलिसले मृतकको पहिचान भवनको ५० औं तल्लामा बस्ने ६७ वर्षीय टोड ब्रासनरको रुपमा गरेको छ । उनलाई निकै गम्भीर अवस्थामा अस्पताल पुर्याइएको र उनको उपचारको क्रममा मृत्यु भएको सिएनएनले बताएको छ ।


ADVERTISEMENT

# # #


न्यूयोर्कको पुलिस विभागका अनुसार न्यूयोर्कको फिफ्त एभिन्यूमा रहेको उक्त भवनको ५० औं तल्लाबाट सुरु भएको आगलागी बेलुका ९ बजे नियन्त्रणमा लिइएको थियो । आगलागी ७ बजेबाट सुरु भएको बताइएको छ ।

घाइते ६ अग्नी नियन्त्रकको अवस्था सामान्य रहेको बताइएको छ । आगलागी हुँदा ट्रम्प परिवारका कोही पनि सदस्य नरहेको पनि बताइएको छ ।

आगलागीमा घाइतेको मृत्यु हुनुपूर्व राष्ट्रपति ट्रम्पले अग्नी नियन्त्रकलाई बधाईसमेत दिएका थिए ।

साथै ट्रम्पका छोरा इरिक ट्रम्पले पनि आगलागीलाई नियन्त्रणमा सहयोगी भूमिका खेलेको भन्दै दुई संस्थालाई धन्यवाद दिएका छन् ।

https://twitter.com/EricTrump/status/982749333337538561