काठमाडौं – काठमाडौंमा खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंगलबारदेखिबाट सुरु हुने गरी खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धि ३ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।


ADVERTISEMENT


पानीको स्रोतलाई जोगाउन तथा अभाव हुन नदिने मूल उद्देश्यका साथ काठमाडौंमा अन्तराष्ट्रिय सम्मलन आयोजना गर्ने निर्णय लिइएको सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन)का अध्यक्ष रामदीप शाहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सम्मेलनमा २० राष्ट्रका करिब ५ सय जना विज्ञहरु सहभागी हुनेछन । विभिन्न १५ विषयका १ सय १६ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियरहरु अनिवार्य सहभागी हुने व्यवस्था मिलाइएको छ । सम्मेलनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय गरिएको छ ।