काठमाडौं–मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन् ।


ADVERTISEMENT


पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि उनी पाँच लाख धरौटीमा आइतबार छुटेका हुन् ।


ADVERTISEMENT

# # #


न्यायधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेपछि केन्द्रीय कारागार, सुन्धारामा रहेका खड्गी छुटेका हुन् ।

खड्गीलाई फागुन १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले फैसला सुनाएको थियो । तर, खड्गी मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए ।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । फर्किने बेलामा दुई जना मात्र नेपाल आएपछि उनलाई मानव बेचविखनको आरोप लागेको थियो ।

नेपालस्थित दूतावासले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।