काठमाडौं–सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको बोलेरो गएराति ९ बजे दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो रहेका छन् । उनीहरुको ठेगाना खुलेको छैन ।


ADVERTISEMENT


मेलम्ची नगरपालिका ९ पिपलटारमा बा १८ च ४६९९ नम्बरको बोलेरो सडकबाट २५० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


कच्ची बाटो र पानी परेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।