काठमाडौं–जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन् । चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका लागि मारिएको फेसबुक स्टाटस लेख्दै हत्या गरिएको एउटा फोटो पोष्ट भएको छ ।


ADVERTISEMENT


उनकै फेसबुकमा उनी मारिएको खबर प्रकाशित भएपछि उनको परिवार तथा आफन्त त्रसित भएका हुन् । चैत १८ गते प्रहरीलाई उजुरी दिएको भएपनि प्रभावकारी रुपमा नखोजेको, हत्या भएको फोटो प्रकाशित हुँदा समेत प्रहरी प्रशासनले चासो नदिएको भन्दै रसुवा बन्द गरेका हुन् । रसुवाको उत्तरगया गाउँपालिका–५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक २९ वर्षीय डंगोल बेपत्ता भएका थिए ।


ADVERTISEMENT

# # #


बन्दका कारण रसुवाबाट काठमाडौँ जाने र काठमाडौबाट रसुवा आउने सवारी साधन बेत्रावतीमा नै रोकिएका छन् । बेपत्ता भएका डंगोलको खोजी कार्य तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

खोजी कार्य जारी रहेको र बन्द खुलाउनका लागि पहल भइरहेको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए । यही चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उनका दाजु नेत्रमान डंगोलले बताए । – आजको नागरिकबाट