काठमाडौं–केही दिनयता रणबीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चाले बलिउड निकै तातेपनि रणबीर सिंहले भने यसलाई अफवाहको संज्ञा दिएका छन् । उनले दीपिकासँग यस वर्ष विवाह नहुने स्पष्ट कारण बताएका छन् ।


ADVERTISEMENT


एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणबीरले यसो भनेका हुन् । विवाहको हल्लामा कुनै सत्यता नभएको बताउँदै रणबीरले भने, ‘जबसम्म मैले आधिकारीक रुपमा घोषणा गर्दिनँ तबसम्म यो खबर एक अफवाहबाहेक केही होइन । हाम्रो विवाह कुन दिन हुन्छ भनेर पनि म भन्न सक्दिनँ किनभने यो भविष्यको कुरा हो ।’


ADVERTISEMENT

# # #


अहिले दुबैजना करियर बनाउन व्यस्त भएको बताउने रणबीरले दीपिका ढाड दुखाइको समस्याबाट पनि बिस्तारै बाहिर निस्किरहेको जानकारी दिए ।

‘यदि हाम्रो विवाहको मिती तय भयो भने तपाईंले मलाई कुनै बाल्कोनीबाट चिच्याइरहेको पाउनुहुनेछ,’ उनले भने ।

रणबीरले दीपिकासँगको विवाहको मिती तय नभइसकेको बताए पनि उनीसँगको विवाहलाई अस्विकार भने गरेका छैनन् ।

दीपिकाले एक अन्तर्वार्तामा विवाह उनको जीवनको एक महत्वपूर्ण पाटो भएकाले यसबाट टाढा जान नसक्ने बताउँदै उनले अब आफूलाई एक आमा र श्रीमतीको रुपमा हेर्न सक्ने बताएपछि दुबैको विवाहको चर्चा चुलिएको थियो ।