रुकुम(रासस)–चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।


ADVERTISEMENT


खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा नै आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।


ADVERTISEMENT

# # #