इटहरी –इटहरीमा ५ जना सन्चारकर्मीलाई सम्मान गरिएको छ । आइतबारबाट शुरु भएको तालतलैया पर्यटन मिनी महोत्सवमा पर्यटन क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदार पुराएको भन्दै सनुसरीका ५ जना संञ्चारकर्मीलाई सम्मान गरिएको हो ।


ADVERTISEMENT


सम्मानित हुनेहरुमा बिराट अनुपम, शेखर ढकाल, धनबहादुर पुरी, सचिन पोखरेल र सन्तोष काफ्ले रहेका छन । महोत्सव उदघाटनको अवसरमा प्रमुख अतिथि प्राज्ञ राम धामीले दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान प्रदान गरेका थिए । साथै पर्यटन क्षेत्रमा लामो समयदेखि कृयाशिल युवा व्यवसायि सुनिल भुसाललाई समेत सम्मान गरिएको छ ।


ADVERTISEMENT

# # #


साथै एक हप्ता सम्म संञ्चालन हुने पर्यटन महोत्सव आइतबारबाट शुरु भएको छ । बिशेषत तालतलैयालाई देश तथा बिदेशसम्म प्रचारप्रसार एवम प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको विकास निर्माणकर्ताहरुको संञ्जालका अध्यक्ष बिशुधन राईले बताए । महोत्सवमा २० वटा स्टल रहनेछन ।

स्टलमा खानपान, कृषि, स्थानिय उत्पादन, फोटो प्रर्दशनिका साथै मुर्ति राखिएको छ ।